युवतीलाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ

  • २०८० फागुन १५, मंगलबार (६ महिना अघि)
  • १८६ पटक पढिएको
युवतीलाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ

काठमाडौं– सिरहामा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । धनगढीमाई नगरपालिका–१० बस्ने ३७ वर्षीय अशाराम दास पक्राउ परेका हुन् ।

Advertisement

उनलाई इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

दासले ती युवतीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका–१० धनगढीस्थित आँपको बगैचामा लगेर बलात्कार गरेको उजुरी छ । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट