उपचुनावको कार्यतालिका सार्वजनिक

  • २०८० फागुन १९, शनिबार (८ महिना अघि)
  • २२२ पटक पढिएको
उपचुनावको कार्यतालिका सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आउँदो वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ मा हुने उपचुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

Advertisement

चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

आयोगका अनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ ।

यस्तै चैत २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने छ । चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ । यसैबीच निर्वाचन आयोगले गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम कायम रहेका व्यक्ति उपचुनावमा उम्मेदवार बन्न नपाउने जानकारी गराएको छ । बन्दसूचीबाट नाम हटेको अवस्थामा मात्रै उम्मेदवार बन्न पाउने आयोगले स्पष्ट पारेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट