प्रधानमन्त्री दाहाल बागलुङको पञ्चकोटमा

  • २०८० फागुन १९, शनिबार (६ महिना अघि)
  • १६९ पटक पढिएको
प्रधानमन्त्री दाहाल बागलुङको पञ्चकोटमा

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन पुगेका छन् । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

Advertisement

प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

पञ्चकोटधाम स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने उद्देश्य छ । पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै धार्मिक संरचना पूरा गरेर मुलुककै मुख्य धार्मिक गन्तब्यका रुपमा विकास गरिने आयोजकले बताएका छन् ।

यही फागुन ९ गतेदेखि सुरु भएको महायज्ञ २३ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट