हेड्स नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

  • २०८० फागुन १९, शनिबार (६ महिना अघि)
  • २२५ पटक पढिएको
हेड्स नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ– हेड्स नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मानव सेवाको लागि स्वयम सेवा गर्ने तथा मानव जातिको ज्यान बचाउन सहयोग गर्ने संघसंस्थाहरु र नेपाल सरकारसंग सहकार्य गर्दै जाने उद्देश्यले दिलो ज्यानले मानव समुदायको सेवा गरौं भन्ने मुख्य नाराका साथ संस्था स्थापना भएकोले २०५० सालमा स्थापना भएको संस्थाको हाल सम्म ४५ जिल्लामा शाखा रहेको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिलिप देवकोटाले बताए ।

Advertisement

२०७५ सालमा जिल्ला शाखा धादिङ गठन भएको र मानव सहयोगको लागि व्यक्ति स्वयमबाट आर्थिक सहयोग संकलन गरि सहयोग प्रदान गराउँदै आएको साथै विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्दै आएको नीलकण्ठ क्याम्पसका पुर्व क्याम्पस प्रमुख संस्थाकाअध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले बताए ।

हृदयरोग निवारण प्रतिष्ठान लगाएत स्थानीय संघ संस्थासंग सहकार्यमा स्वास्थ्य शिविर, असक्तलाई उपचार सहयोग र विद्यालयमा स्टेशनरी तथा कपडा समेत वितरण गरिएको संस्थाका सचिव नारायणलाल श्रेष्ठले बताए ।

साधारण सभामा संस्थाका कोषाध्यक्षले आ.व. २०८०÷८१ मा २८१२६५÷४२ आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट