नाबालिगलाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वरबाट एकजना पक्राउ

  • २०८० फागुन २१, सोमबार (६ महिना अघि)
  • २११ पटक पढिएको
नाबालिगलाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वरबाट एकजना पक्राउ

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले केही दिनदेखि पिसाब फेर्न भएर रुन थालेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन् ।

२२ माघमा उपचारका लागि नजिकै रहेको मेडिकलमा लैजाँदा चिकित्सकहरुले समेत शंकास्पद रहेको बताएको जाहेरीमा उल्लेख छ । त्यसपछि छोरीलाई फकाएर सोधपुछ गर्दा छोरीले १२ पुसमा फूपूको साथी पर्ने आर्यनले आएर जबरजस्ती करणी गरेको बताएको उनले जाहेरीमा भनेकी छन् ।

आर्यनले भने प्रहरीसँग इन्कारी बयान दिएका छन् । पीडितको स्वास्थ्य जाँच परीक्षणमा भने संवेदनशील अंगमा घाउ देखिएको छ ।
प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट