काठमाडौं– काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय परिसरमा सञ्चालनमा रहेको नारायणी चमेना गृहलाई कारबाही गरेको छ ।
गुणस्तरहीन र बासी खानेकुरा बिक्री वितरण गरेको पाइएपछि महानगर नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा यसअघि पनि विभिन्न गुनासा आएका थिए । पटकपटक सचेत गराउँदा पनि गुणस्तरहीन खानेकुरा बेचिरहेको अनुगमनबाट खुलेपछि कारबाही गरिएको महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप