काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए ।
प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका छन् ।
अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप