धादिङ दुर्घटना अपडेटः मृतक सातै जनाको सनाखत, अझै तीन यात्रु वेपत्ता

  • २०८० फागुन २३, बुधबार (८ महिना अघि)
  • ३८८ पटक पढिएको
धादिङ दुर्घटना अपडेटः मृतक सातै जनाको सनाखत, अझै तीन यात्रु वेपत्ता

काठमाडौं- धादिङको गजुरी गाउँपालिका– ५ घाटबेसीमा बुधबार विहान कपिलवस्तुबाट काठमाडौं आउदै गरेको लु २ ख २१२१ नम्बरको बस दर्घटनामा ज्यान गुमाएका सातै जनाको पहिचान खुलेको छ ।

Advertisement

मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका– २ का रुवी श्रेष्ठ र काठमाडौंको चन्द्रागिरी नगरपालिका– १० का ५५ वर्षिय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, राम किशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

डिएसपी जैसवारका अनुसार बसमा चालक र सहचालक गरि ५१ जना रहेका थिए । दुर्घटनामा परि घाइते बनेका र सकुसल रहेका ३९ जनाको उद्धार गरिएको छ । आफन्तहरुले दिएको जानकारी अनुसार नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षिय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट