भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

  • २०८० फागुन २५, शुक्रबार (६ महिना अघि)
  • १९६ पटक पढिएको
भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

काठमाडौं– भक्तपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

Advertisement

फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो ।

पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बेलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट