मोटरसाइकलसँगै एक युवकको शव फेला

  • २०८० फागुन २६, शनिबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
मोटरसाइकलसँगै एक युवकको शव फेला

काठमाडौं– कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव फेला परेको छ ।

Advertisement

जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवको शव आज पुलमुनि भेटिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश ३०६१ नम्बरको मोटरसाइकल नजिकै उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट