काठमाडौं– काभ्रेको नमोबुद्ध नगरपालिका– ५ कानपुरमा श्रीमतीको लठ्ठी प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेकी ४० बर्षीया कमला परियारले ५९ बर्षीय धनवीर दमाईको टाउकोमा लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीले परियारलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप