काठमाडौं- घ्युको सिसिमा लुकाई छिपाई लिएर हिँडेको अवैध लागुऔषध चरेश प्रहरीले बरामद गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट चार किलो पाँच सय ३५ ग्राम चरेश प्रहरीले बरामद गरेको हो ।
गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखु तर्फ आउदै गरेको बागमती प्रदेश ०२–०३० प ७०२५ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
प्रहरी नायव उपरिक्षक जैसवारका अनुसार मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट चरेश सहित नगद ३० हजार पनि बरामद भएको छ । उनले भने– ‘अवैध लागुऔषद बोकेको हुनसक्ने शंका भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा ग¥यो । मलेखु पुगेपछिनियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो झोलाभित्र तीन वटा घ्युको वट्टामा चरेश लुकाएर ल्याएको भेटियो । दुई जना व्यक्तिलाई मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीको लागि ल्याएका छौं ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप