काठमाडौं– अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेको हो ।
पक्राउ परेका माथि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए ।
शनिबार दिउँसो घरमा बुवाले छोरीमाथि बलात्कार गरेको थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप