आफ्नो सवाल आफैले उठाउन समुहका अगुवालाई क्षमता विकास तालिम

  • २०८० फागुन ३०, बुधबार (७ महिना अघि)
  • ३२९ पटक पढिएको
आफ्नो सवाल आफैले उठाउन समुहका अगुवालाई क्षमता विकास तालिम

काठमाडौं- सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्र्तगत गठन भएका विभिन्न समुहका अगुवा प्रतिनिधिहरुलाई सामुदायिक सुरक्षा सम्बन्धि क्षमता विकास तालिम दिइएको छ । समुहका अगुवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने क्षमता विकास तालिम आयोजना गरिएको हो ।

Advertisement

सामुदायिक उत्थान पद्धतिका लागि मञ्च (फोकस) नेपालको आयोजना र नागरिक आवाजको सहयोगमा आईतबारदेखि सुरु भएको तीन दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिममा अदालतमा हुने न्याय निरुपण, न्यायिक प्रक्रिया, नारीका अधिकार, नेतृत्व विकास तथा सवाल, समुदायस्तरमा प्रवाह हुने सेवा विषयमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले प्रशिक्षण दिएका थिए ।

पिडितलाई न्याय दिलाउन र पिडकलाई दण्डित गर्न जिल्ला प्रहरी कार्यालयले खेल्ने भूमिका र प्रहरीले गर्ने सहजीकररणका विषयमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी गराएका थिए ।

त्यस्तै, न्याय निरुपणमा कानुनी प्रावधान, न्याय निरुपणका विषय र घरेलु हिंसा, बालविवाह लगायत सवालका विषयमा अधिवक्ता तोला कुमारी पाठकले सहजीकरण गरेकी थिइन् । मनोसामाजिक समस्या र त्यसको समाधानका उपाय, महिला हिंसा तथा पिडितले न्याय पाउने अवस्था, न्याय प्रक्रिया र सवालका विषयमा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङकी अध्यक्ष गायत्री खतिवडाले जानकारी दिएकी थिइन् । नेतृत्व विकास तथा महिलाका सवालका विषयमा महिला अधिकारकर्मी विमला नेपालीले सहजीकरण गरेकी थिइन् ।
त्यस्तै, सामुदायिक सुरक्षाको अवधारण, मुद्धाको पहिचान र नेतृत्व विकासका विषयमा फोकस नेपालका प्रकाश चन्द्र न्यौपानेले जानकारी गराएका थिए । समाचार, समाचारका आधारभूत कुरा, यसले पार्ने प्रभाव र स्थानीय तथा राष्ट्रिय संचार माध्यममा स्थानीय सवालहरु कसरी उठाउन सकिन्छ भन्ने जस्ता विषयमा पत्रकार अर्जुन श्रेष्ठले सहजीकररण गरेका थिए ।
तालिममा थुप्रै जीवन उपयोगी ज्ञानहरु सिकेको र व्यवहारमा लागु गर्ने तालिममा सहभागीहरुले बताएका छन् । धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिकामा रहेका समुहका २२ जना अगुवाहरुको उपस्थिति रहेको फोकस नेपालका राजिव उपाध्यायले जानकारी दिए ।

समाजमा रहेका विभिन्न समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले समुहका अगुवाहरुलाई क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुललिे बताए । धादिङको दुइ वटा पालिकाबाट सामुदायिक सुरक्षा जालो कार्यक्रम सञ्चालनमा रहेको छ । समाजमा थुप्रै खालका कूरीति कुसंकारहरु छन् । भुकम्प र कोरोनापछि झनै समस्याहरु थपिएका छन् । अरुले भन्दा आफ्नो समस्या तथा सवाल आफैले उठाउन सके प्रभावकारी हुने हुनाले पनि समुहका मानिसहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको उनले बताए ।

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट