प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीले आज विश्वासको मत लिदै

  • २०८० फागुन ३०, बुधबार (१ साल अघि)
  • २२१ पटक पढिएको
प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्रीले आज विश्वासको मत लिदै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । यहि फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।
यही फागुन २१ गते पुनः गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् ।
सरकार विस्तारसमेत भइसकेको छ । गठबन्धनमा आवद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

Advertisement

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट