काठमाडौं– पर्सामा ५८ लाख भन्दा बढी औषधीसहित एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका–१७ को आईसिपीको चेकप्वाईन्टबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ६५६४ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार ट्रकमा करिव ५८ लाख ५७ हजार रूपैयाँ बराबरको औषधी छ । उक्त औषधि कहाँका लागि लगिएको भनेर प्रष्ट खुलाइएको छैन । औषधीको विलमा उल्लेख भए भन्दा फरक सामान समेत रहेको भन्ने विशेष सुचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म अलौमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको औषधीसहितको ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप