उदयपुर जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या आठ पुग्यो

  • २०८० चैत्र १, बिहिबार (८ महिना अघि)
  • २२६ पटक पढिएको
उदयपुर जिप दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या आठ पुग्यो

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं- उदयपुरमा बोलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । को १ ज ३२९३ नम्बरको बोलेरो जिप आज विहान भोजपुरको घोडेटारबाट धरान आउँदै गरेको उदयपुरको वेलका नगरपालिका– ७ स्थित एउटा भीरबाट खसेको थियो ।

Advertisement

घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षिय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० बर्षिया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्र प्रकाश राई, छ महिनाको बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ बर्षिया राजकुमारी राई, हतुवागढी ९ का ६८ बर्षीय पदम बहादुर थापा, ४५ वर्षिय कमला अधिकारी र घाइते हतुवागढी ५ का ४२ बर्षीय किशन राई रहेको उनले बताए ।

गम्भीर घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइतेहरूको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट