सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई दुइ लाख सहयोग

  • २०८० चैत्र २, शुक्रबार (८ महिना अघि)
  • २३७ पटक पढिएको
सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई दुइ लाख सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘बेबी लाइफ होम’लाई दुई लाख रुपियाँ सहयोग गरेको छ । एचआइभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई बैंकले सहयोग गरेको हो ।

Advertisement

बैंकले आफ्नो १७औँ वार्षिक उत्सव आगामी वैशाख ७ गते मनाउने तयारी गरिरहेको छ । सोही उपलक्ष्यमा बैंकले संस्थालाई आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बेबी लाइफ होममा रहेका एचआइभी संक्रमित २७ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।

विशेष गरी विपन्न समुदायमा जन्मेका एच.आई.भी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोबीच दुई लाख रकम बराबरको चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरेको हो ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट