कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखको मृत्यु

  • २०८० चैत्र ५, सोमबार (८ महिना अघि)
  • १८८ पटक पढिएको
कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय प्रमुखको मृत्यु

काठमाडौं– रुपन्देहीमा कार र मोटरसाइकल ठोक्किँदा मालपोत कार्यालय मझगावा रुपन्देहीका प्रमुख तिलकबहादुर रावतको ज्यान गएको छ ।

Advertisement

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि गए राति भएको दुर्घटनामा परेर रुकुमको मुसिकोट नगरपालिका–१ घर भएका ४२ वर्षका रावतको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा २१ च ७५५३ नम्बरको कारले प्रदेश ३–०२ ००१ ब ४८० नम्बरको मोटरसाइकलमा चढेका रावतलाई ठक्कर दिएको थियो । कारका चालक लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का अलाउद्दिन मुसलवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट