पत्रकारिता रोजाइको पेशा बन्नुपर्छ– अध्यक्ष बस्नेत

  • नेपाल पथ
  • २०८० चैत्र ५, सोमबार (८ महिना अघि)
  • २२७ पटक पढिएको
पत्रकारिता रोजाइको पेशा बन्नुपर्छ– अध्यक्ष बस्नेत

काठमाडौं– विकल्पको पेशा भन्दा पनि पत्रकारितालाई रोजाई बनाउनु पर्ने प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताए । अरु पेशा गरेपछि विकल्पमा क्यामेरा किन्ने भन्दा पनि पत्रकारितालाई रहर र रोजाईको पेशा बनाउनुपर्ने बताएका हुन् ।

Advertisement

पछिल्लो समय यूट्युवलाई व्यवस्थित बनाएर लैजाने तयारी भइ रहेको उनले बताए । पत्रकारिता राज्यको चौथो अंग हो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनले जस्तै यूट्युवले पनि पत्रकारिताको क्षेत्रमा ठूलै योगदान पु¥याउदै आएको धादिङमा आयोजित पत्रकारितामा युट्युव र आचारसंहिताको सवालका विषयमा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

केही यूट्यव चलाउनेहरुको बेइमानीलाई हेरेर सिंगो यूट्युव सञ्चालन गर्नेलाई दोष दिन नहुने उनले बताए । ‘यूट्युवलाई नकरात्मक आलोचनात्मक मात्रै भन्दा पनि सकरात्मक दृष्टिकोणले पनि हेर्ने गरौं । युट्युव मार्फत भइरहेका पत्रकारितालाई प्रोमोशन गर्नुपर्छ । यूट्युव पनि पत्रकारिता क्षेत्रको एउटा अवसर हो । बलियो, मर्यादित र विश्वसनिय बनाउदै लैजानुपर्छ । आचारसंहिता अनुकुल छ छैन त्यसको अनुगमन नियमन हुन आवश्यक छ’ उनले भने ।

प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ धादिङको संयोजनमा आयोजित धादिङका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा पत्रकार र पत्रकारिता क्षेत्रको आचारसंहिताका विषयमा छलफल गरिएको हो ।

यूट्युवका कारण पत्रकारिता क्षेत्रकै विश्वसनियत घट्दै गएको सहभागीहरुले बताएका छन् । यूट्युवलाई व्यवस्थित र मर्यादित बनाउन नसकिए पत्रकारिता क्षेत्र धारासायी बन्ने र श्रमीजवि पत्रकारहरु माथिको विश्वासनियता घट्ने गुनासो राखेका छन् । मिडियाहरुमा कपिपेस्ट गर्ने प्रविधिहरु बढिरहेकोले यस तर्फ काउन्सिलले ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् ।

पत्रकारिता पेशालाई मर्यादित र विश्वसनिय बनाउदै लैजान सबै पत्रकारलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सभापति राजाराम शर्माले बताए । ‘संचारमाध्यम सञ्चालन गरि रहदा हामीले निति नियम तथा आचारसंहितालाई भुल्न हुदैन । पछिल्लो समय कपीपेष्टको पत्रकारिताले पत्रकारिता क्षेत्रको विश्वसनियता घट्दै गएको छ । तर खोजमूलक समाचारमा ध्यान दिने र आचारसंहिताको पालना मात्रै गर्ने हो भने पनि पत्रकारिता क्षेत्रको विश्वसनियता रहिरहन्छ’ उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट