प्रयास नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

  • २०८० चैत्र ६, मंगलबार (८ महिना अघि)
  • १९२ पटक पढिएको
प्रयास नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण

काठमाडौं– प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २३ औं वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।

Advertisement

मंगलबार नीलकण्ठ नगरपालिका–२ को अन्नपूर्ण आधारभुत विद्यालयका ७५ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको हो । बालबालिकाहरुलाई कापी, कलम, पेन्सिल इरेजर लगायतका सामग्री वितरण गरिएको छ । यसका साथै विद्यालयलाई भलिबल, फुटबल, ब्याडमिन्टन ¥याकेट, सटक कर्क लगायतको खेलकुद सामाग्री सहयोग गरिएको थियो ।

प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु, प्रयास नेपालकी उपाध्यक्ष उषा वि.क, कार्यकारी निर्देशक दामोदर अर्याल, परियोजनाका व्यवस्थापक केशव सिग्देल, संस्थाका कर्मचारीहरु, शिक्षक शिक्षिका र अभिभावकहरुको उपस्थिती रहेको थियो । सामाजिक, आर्थिक रुपमा कमजोर रहेका समुदायका बालबालिकाहरुको सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै संस्थाका कार्यकारी निर्देशक दामोदर अर्यालले बिद्यार्थीको शिक्षासँगै खेलकुद क्षेत्रमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरिएको बताए । शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक उर्मिला तिमिल्सिना अधिकारीले बताइन् ।

वि.स. २०५८ सालमा स्थापना भएको प्रयास नेपाल २३ आंै वर्षमा प्रवेश गरेको छ । प्रयास नेपालले महिला, बालबालिका, पछाडिपारिएका वर्गका हितमा काम गर्दै आएको यस संस्थाले धादिङ जिल्लासँगै छिमेकी जिल्लाहरुमा समेत कार्यक्षेत्र बनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट