सोमबारसम्म मौसम बदली रहने

  • २०८० चैत्र १०, शनिबार (८ महिना अघि)
  • १०० पटक पढिएको
सोमबारसम्म मौसम बदली रहने

काठमाडौं– देशभर आज पनि आंशिक बदली भएको छ । मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा मौसम सक्रिय छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरु र मधेश प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भएको छ ।

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

 

 

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट