काठमाडौं- एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक जना घाइते छन्।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्र २–००२–००१ च ०७१२ नम्बरको पवित्रि हेल्थ केयर विष्णुपुर सिरहाको एम्बुलेन्स र ज ११ प १९१ नम्बरको मोटरसाइक जनकपुरधाम–ढल्केबर सडक-खण्डको मिथिला नगरपालिका–२ स्थित विश्वकर्मा चोकमा ठोक्किदा मिथिला नगरपालिका–३ हरिहरपुर बस्ने मोटरसाइकल चालक करिब २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने अन्दाजी २५ वर्षीय सरोजकुमार महतोलाई थप उपचारका लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप