काठमाडौं– जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाकी ३६ वर्षीया गौरी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।
उनलाई आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा करेन्ट लागेको थियो । उपचारको लागि न्यूरो हस्पिटलमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी अवाले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप