दुवै मृगौला फेल भएका विजयलाई जुट्न थाल्यो सहयोग, धादिङकी मिना गुरुङले दिइन् ५० हजार

  • २०८० चैत्र १३, मंगलबार (८ महिना अघि)
  • ५१९ पटक पढिएको
दुवै मृगौला फेल भएका विजयलाई जुट्न थाल्यो सहयोग, धादिङकी मिना गुरुङले दिइन् ५० हजार

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका– १२ सांकोषका २२ वर्षिय विजय खनाललाई सहयोग जुट्न थालेको छ । दुवै मृगौला फेल भएर थलिएका खनालको मृगौला प्रत्यारोपणका लागि सहयोग जुट्न थालेको हो ।

Advertisement

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेका खनालको नेपालपथ डटकमले समाचार तथा भिडियो पोष्ट गरेको थियो । सोहि समाचार तथा भिडियो देखेपछि धादिङको नीलकण्ठ नगरपालिका– १३ की मिना गुरुङले ५० हजार रकम सहयोग गरेकी छिन् । ‘रोजगारीको शिलशिलामा म दुवइ छु । उपचार गर्ने पैसाकै अभावले विजय भाइले ज्यान गुमाउन नपरोस् भनेर मैले सक्ने सहयोग गरेँ’, उनले भनिन्– ‘हामी सबैले आफुले सक्ने सहयोग गरे विजय भाईले मृत्युलाई जितेर नयाँ जीवन पाउनेछन् । सक्ने सहयोग गरौं ।’

विजय भन्छन्– ‘मेरो आमा बुबा दिनमा भोक रातमा निद नभनि ज्याला मजदुरी गर्नुहुन्छ । दाई मेरै उपचारका लागि पर देश खाडी पुग्नु भा छ । तीस रुपियाँ आम्दानी नभएको हामीलाई उपचारका लागि लाग्ने ३० लाख भन्दा बढी रकम सम्झिदा पनि अत्तेस लाग्छ । तर म मृत्युलाई जितेर बाँच्न चाहन्छु । सहयोग गर्दिनुस् न है ।’

विजयलाई बचाउने एउटै विकल्प मृगौला प्रत्यारोपण हो । त्यसको लागि कम्तिमा ३० लाख रकम चाहिने परिवारलाई डाक्टरले भनेपछि विजय बचाउ अभियान थालिएको छ । सहयोग गर्न चाहनेले विजय र उनका आमाको संयुक्त खाता वा तलको QR मार्फत सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट