काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भोलिबाट पुनः ‘संवाद यात्रा’ थाल्ने भएका छन् । महामन्त्री थापाले भोलि बिहान ९ बजेबाट तीन दिने संवाद यात्रा सुरु हुने बताए ।
महामन्त्री थापाले माघ १३ गते मेची पुलबाट सुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकिएको थियो ।
महामन्त्री थापाले आफ्नो संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट पुनः सुरु हुन लागेको बताए । उनका अनुसार दोस्रो चरणको यात्रा १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप