काठमाडौं– नेपाल गजल प्रतिष्ठानले यहि चैत १७ गते ‘साङ्गीतिक गजल गुञ्जन’ गर्ने भएको छ । नेपाली गजललाई गायनमा ल्याउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
वास्तविक गजलको लेखन र गायनमा थप सहयोग पुर्याउन राष्ट्रिय नाचघर, जमलमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए । ‘कार्यक्रममा नौ वटा गजलहरू स्थापित र नवपुस्ताका गायक तथा गायिकाले प्रस्तुत गर्ने छन्’, उनले भने– ‘नेपालमा गजल लेख्न थालिएको सवा सय वर्ष भइ सक्यो । वास्तविक गजलको लेखन र गायनमा देखिएको कमी कमजोरीलाई सच्याउदै गजललाई थप परिस्कृत बनाउदै लैजान यो कार्यक्रम गर्न लागिएको हो ।’
प्रतिष्ठानले हरेक २ महिनामा ‘गजल मुशायरा’ पनि गर्दै आएको छ । काठमाडौंमा ३ वटा मुशायरा र झापामा एउटा साङ्गीतिक मुशायरा सम्पन्न गरि सकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यक्रमकै अवसरमा नेपाली गजल उन्नयननमा लामो समय सेवा गरेका एक जना वरिष्ठ गजल साधकलाई पद्मिल र एक जना नवोदित सर्जकलाई ‘के लत बस्यो मलाई’ ३५ हजार र १५ हजार रुपैयाँ राशी रहेको पुरस्कारले समेत सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप