काठमाडौं– देशका धेरै ठाउँमा आज पनि हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर बदली र केही ठाउँमा वर्षा भएको हो । बागमती र गण्डकी प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै ठाउँहरुमा तथा बाँकी प्रदेशका एक, दुईं ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि पनि बदली र वर्षा हुने तथा पर्सि आइतबारदेखि मौसम क्रमशः सुधार हुने मौसमविदले बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप