काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ ।
त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुनः परीक्षा लिइने उल्लेख गरेको छ ।
२०८० वैशाखमा लिइएको स्नातक तह प्रथम वर्षको जनसंख्या तथा स्वास्थ्य (४२२) र शिक्षाको आधार विषय (४१२) को परीक्षा दिएका केही विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप