काठमाडौं– कपिलवस्तुको महाराजगन्ज नगरपालिका– २ का वडाध्यक्ष उजेर अली पक्राउ परेका छन् ।
घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई १५ हजार रकमसहित रंगेहात पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप