काठमाडौं– सुदूरपश्चिमका राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँदैछन् । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
राना थारू समुदायले होलीको अन्तिम दिनका रूपमा खखडेहरा पर्व मनाउने गर्छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायमा एक महिनासम्म होली मनाउने चलन छ ।
फागू पूर्णिमादेखि एक महिना राति होली खेलिन्छ । होलीको अन्तिम दिन खखडेहरा पर्व मनाउने गरिन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप