काठमाडौं– नेपाल पर्यटन बोर्डमा लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन खुलेको छ ।
नेपाल पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन मागेको हो ।
सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ । सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ ।
त्यस्तै, स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष नकाटेको हुनुपर्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप