काठमाडौं- त्रिशुली नदी बचाउ अभियानले धादिङको नदी तथा खोलामा भएको पर्यावरणीय विनास रोक्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
नियम विपरित खानीहरु संचालन भएको, खोलानदी तथा ढिस्कोहरु उत्खनन् गरि पर्यावरण विनास गरेकोले यसलाई अनुगमन गरि रोक्न प्रमुख जिल्ला अधिकारीबद्रीनाथ गैह्रेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
धार्मिक रुपले संरक्षण गर्नुपर्ने स्थानहरु अतिक्रमण हुँदै गएको, फोहोरमैला खोलामा फाल्ने, व्यवस्थित नगरि जताततै फाल्ने गर्नाले पर्यावरण विनास हुँदै गएको र त्रिशुली नदी फोहोर भइरहेकोले यस्ता कार्य रोक्ने पहल गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
निति नियम विपरित संचालन हुँदै आएका क्रसर तथा बालुवा वासिङ सेन्टरहरु बन्द गराउन, खानीहरुको नियमित अनुगमन गर्न, समेत ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गैह्रेले हाल अनुगमनको कामको जिम्मा जिल्ला समन्वय समितिलाई दिएको बताउँदै नियम संगत खानी तथा वासिङ सेन्टर संचालन गर्नका लागि आफ्नोतहबाट पहल गर्ने बताएका छन् ।
२५ वर्षदेखि त्रिशुली बचाउ अभियान संचालन हुँदै आएकोले त्रिशुली नदीमाथिको अतिक्रमण र पर्यावरण संरक्षणको अभियानमा लाग्नु भएका जिविसका पूर्व उपसभापति तथा पूर्व राजनितिक कार्यकर्ता उत्तम कँडेल, अभियानकर्ता शिव सापकोटा, अभियानकर्ता शुशिल थापा लगायतले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप