गाउँ गाउँमा अनुगमन, आठ व्यवसायी कार्वाहीमा

गाउँ गाउँमा अनुगमन, आठ व्यवसायी कार्वाहीमा

काठमाडौं– धादिङमा गाउँ गाउँमा पुगेर अनुगमन कार्यलाई तिव्र बनाइएको छ । जिल्ला बजार अनुगमन समिति धादिङले आठ वटा व्यवसायीलाई कार्वाही र ४६ व्यवसायीलाई निर्देशन समेत दिएका छन् ।

Advertisement

कार्वाहीमा पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ मा रहेको मधु फ्रेस बेकरी एण्ड फ्रुट कर्नर र हरि पाउरोटी भण्डारलाई १० हजार जरिवाना गरेको छ । ज्वालामूखी गाउँपालिका–२ मा रहेको न्यू मनकामना इन्टरप्राइजेज, खड्कादेवी इन्टरप्राइजेज, मनोज किराना पसल, दर्ता नभएको खाजा घर, भारती होटल, र नेत्रावती डवजोङ गाउँपालिका–४ मा रहेको श्रेष्ठ होटल एण्ड खाजा घरलाई ५÷५ हजार जरिवाना गरिएको जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

त्यस्तै, अनुगमनका क्रममा म्याद गुज्रिएको करिब ३८ हजार रूपैयाँ बराबरकोे सामाग्री जफत तथा नष्ट गरिएको छ । केही दिन अघि मात्रै होलसेलरबाट लगेका सामाग्रीहरुमा समेत एक दुइ साता मात्र म्याद रहेको भेटिएका छन् । व्यवसायीलाई म्याद हेरेर किन्ने र विक्रि गर्न समेत निर्देशन दिइएको संयाजेक पराजुलीले बताए ।

‘अनुगमनका क्रममा खाद्य अनुज्ञापत्र नभएको, बिना इजाजत मदिरा विक्रिका लागि राखेको, बिल बिजक नभएको, लेबल नभएको सामानको विक्रि वितरण गरेको भेटिएका व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरिएको हो’ उनले भने– ‘अनुगमनमा क्रममा धेरैलाई कार्वाही गर्नुपर्ने अवस्थामा भेटिएका थिए । तर अति नै भएका व्यवसायीहरुलाई मात्र कार्वाही गरेर अन्यलाई निर्देशन दिएका छौं । दिएको निर्देशन पालना नगरे आगामी दिनमा कार्वाहीको दायरामा ल्याउछौं ।’

दुर्गम बस्तिमा सञ्चालित व्यवसायीहरुले म्याद गुज्रेको खाद्यान्न विक्रि गरेको भेटिन थालेपछि जनचेतना फैलाउन गाउँ गाउँमा अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए ।

‘शहर बजारमा भन्दा गाउँघरका पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तुहरु विक्रि भइ रहेका छन् । त्यसले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउछ’ उनले भने– ‘अहिले हामीले कार्वाही गर्ने भन्दा पनि जनचेतना फैलाउने हिसावले अनुगमन गरिरहेका छौं । किन्ने ग्राहकलाई त परको कुरा विक्रि गर्ने व्यवसायी साहुलाई समेत सामानको म्याद गुज्रेको थाहा छैन । त्यसैले गाउँ गाउँको अनुगमन जनचेतना फैलाउने नै हो ।’

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट