जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या

  • २०८० चैत्र २६, सोमबार (१ साल अघि)
  • ३५६ पटक पढिएको
जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौं– जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । सोमबार दिउँसो महोत्तरीको एकडाडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको प्रहरीले जनाएको छ ।

Advertisement

लागुऔषध सेवन गरेका उनलाई लागुऔषध प्रयोगकर्ताहरूले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित विश्वकर्मा चोक नजिक सोमबार दिउँसो १ बजेतिर महासेठमाथि छुरा प्रहार भएको थियो ।

शौचालयभित्र गम्भीर घाइते अवस्थामा महासेठ छट्पटाइरहेको सूचना पाएको प्रहरीले उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो ।
अस्पताल पुर्याएको केही बेरमै डाक्टरले उनलाई मृत घोषणा गरेको डिएसपी अवाले बताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट