काठमाडौं– अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ ।
सुपादेउरालीबाट पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका वडा नं. ८ कोलडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका वडा नं. ८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको जानकारी दिए ।
रावलका अनुसार दुर्घटनामा परि ७ जना यात्रु घाइते भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप