काठमाडौं– काभ्रेमा बुद्धचित्तको बोट काटिएको घटनामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त घटनाबारे सोधपुछका लागि शनिबार राति एक जनालाई नियन्त्रणमा लिइएको हो ।
काभ्रेको रोशी गाउँपालिका–५ नागबेलीस्थित शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको बोट शुक्रबार बिहान करिब १ बजे काटिएको थियो ।
१५÷२० जनाको अज्ञात समूहले बुद्धचित्तको बोट काटेर आँगनमा चार वटा घरेलु सकेट बम राखेको थियो । उक्त रूखमा फल्ने बुद्धचित्तका दाना तीन करोड रूपैयाँमा बिक्री गरिएको थियो ।
प्रहरीले शुक्रबार नै सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप