काठमाडौं– जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।
जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई शनिवार साँझ बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप