विजुली सर्ट हुदा धादिङमा एक घरमा पूर्ण क्षति

  • २०८१ बैशाख ३, सोमबार (४ महिना अघि)
  • ३९६ पटक पढिएको
विजुली सर्ट हुदा धादिङमा एक घरमा पूर्ण क्षति

काठमाडौं- धुनिवेशी नगरपालिका–६ कालिदेवीथानस्थित सानुभाई बानियाँको घरमा आगलागी भएको छ । घरमा विजुली सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको सानुभाईका श्रीमती कविता बानियाँले बताइन् ।

Advertisement

मकै लिन भनेर जादा विजुली सर्ट भएर आगलागी भइरेको रहेछ । घरसँगै अन्नपात लत्ताकपडा पनि जलेको उनको भनाई छ ।

घरमा आगलागी भएको खवर पाउने वित्तिकै दमकल लिएर घटनास्थल पुगेको धुनिवेशी नगरपालिका–६ का वडा अध्यक्ष रमेश आचार्यले बताए । ‘कविताको घर बचाउन सकिएन । तर सँगै रहेका अन्य घरहरुमा भने क्षति हुन पाएन, बचाउन सकियो । दमकल नपुगेको भए अन्य घरहरुमा पनि ठूलो क्षति पुग्ने रहेछ’ उनले भने ।

विजुली सर्र्ट भएर आगलागी हुदाँ कविताको घरमा रहेको ६ मुरी धान, ६ मुरी मकै, तीन मुरी कोदो, एक मुरी तोरी, लत्ताकपडा लगायतका सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको वडा अध्यक्ष आचार्यले बताए । ‘घरसँगै अन्य सबै सामाग्रीहरु जलेर नष्ट भएका परिवारलाई केही दिनको लागि पुग्ने खाद्यान्न सामाग्रीहरु लगेर दिएका छौं । के गर्न सकिन्छ अन्य सहयोग पनि गर्ने तयारीमा छौं’ वडा अध्यक्ष आचार्यले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट