धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा निःशुल्क शिक्षा घोषणा

  • २०८१ बैशाख ३, सोमबार (७ महिना अघि)
  • ६३६ पटक पढिएको
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा निःशुल्क शिक्षा घोषणा

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ ले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले एक कार्यक्रमकाविच सोमबार निःशुल्क शिक्षा घोषणा गरेको हो ।

Advertisement

कार्यक्रमको सम्बोधन गर्दै बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले शिक्षक, सरकारी जागिरे तथा राजनिति गर्ने सबैले आफ्नो छोराछोरी सरकारी विद्यालयमै अध्यापन गराउन पर्ने बताएका छन् । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न पहिले आफ्नो छोराछोरी सरकारी विद्यालयमा अध्यापन गराए मात्रै माया र आफ्नोपन हुने भन्दै सबैलाई अनुरोध गरेका छन् ।

त्यस्तै, शिक्षकले राजनिति गरेर हिडेको प्रमाण भेटिए कार्वाही गरिने पनि उनले बताए । ‘विद्यार्थी पढाउन जागिर खाएका शिक्षकहरु पार्टीको झण्डा बोकेर हिडेका थुप्रै उदाहरण छन् । तर आगामी दिनमा त्यस्तो भेटिए, जागिरै जान सक्छ’ उनले भने ।

शैक्षिक सुधार गर्न शिक्षकहरुले चासो र चिन्ता लिनुपर्ने उनले बताए । उनले भने–‘विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक सुधार ल्याउन पालिकाले सहयोग गर्न तयार छ । तर तपाई शिक्षकले पहल गर्न जरुरी छ । शिक्षकले जिम्मेवारी पुरा गर्ने हो भने शिक्षाको गुणस्तरमा सुधार हुन्छ ।’

विद्यार्थीको भविष्य शिक्षकको हातमा भएको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । ‘लगानी पालिकाले गर्ने भएपनि पढ्ने विद्यार्थी र पढाउने शिक्षकले नै हो । वर्ष भरि पढाएर मात्र पनि भएन । सिकाइ उपलब्धि पनि राम्रो हुन पर्याे’ उनले भने– ‘सिकाइ उपलब्धिमा अझै सुधार ल्याउन शिक्षकहरुले विशेष भुमिका खेल्नु पर्याे । स्वमुल्याङ्कन गरि सक्रिय बनेर सिकाइ उपलब्धिमा जोड दिए शैक्षिक सुधार गर्न सकिन्छ ।’

वडा भित्र सिकाइ उपलब्धि र शैक्षिक सुधार गर्न वडाले विशेष प्राथमिकता दिएको लागेको वडा अध्यक्ष हेमराज भुजेलले बताए । ‘वडा भित्रका विद्यालयको शैक्षिक अवस्था नाजुक छ । चेपाङ लगायत गरिव परिवारका बालबालिकाहरु अध्ययन गर्छ्न् । यो र त्यो बहानामा विद्यालयले शुल्क लिइरहेका छन् । त्यसैले बृहत छलफल गरेर अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो । अब सिकाइ उपलब्धिमा वृद्धि गरि शैक्षिक गुणस्तर सुधार गर्ने नै हो’ उनले भने ।

कार्यक्रमकै अवसरमा उत्कृष्ट विद्यालयको रुपमा रावलडाँडा आधारभुत विद्यालयलाई एक लाख नगदसहित सम्मान गरेको छ । साथै विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई पनि सम्मान गरेको छ । बेनीघाट रोराङ गाउँपालिकामा १६ वटा विद्यालय रहेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट