काठमाडौं– चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका–११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका–११ घर भई हाल काठमाडौं बस्ने ४७ वर्षीय कमल अधिकारी छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार थानकोट चेक पोष्टमा उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा लागु औषधसहित रामलोचनलाई पक्राउ गरेको हो ।
रामलोचनको साथबाट नियन्त्रित लागुऔषध २ हजार ४७८ एम्पुल (डाईजेपाम ८४२, फेनारग ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३ हजार ३०८ ट्याब्लेट बरामद गरिएको व्युरोको प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप