काठमाडौं– साताको पहिलो दिन आज सेयर बजार बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर झन्डै आठ प्रतिशतले घटेको छ ।
आज ६३ लाख ९३ हजार कित्ता सेयर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १० करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप