देशभर गर्मी बढेसँगै तराईका विभिन्न ठाउँमा तातो हावा चल्न सुरु

  • २०८१ बैशाख १०, सोमबार (७ महिना अघि)
  • १३४ पटक पढिएको
देशभर गर्मी बढेसँगै तराईका विभिन्न ठाउँमा तातो हावा चल्न सुरु

काठमाडौं– देशभर गर्मी बढेको छ । तराईका विभिन्न ठाउँमा तातो हावा चल्न थालेको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

Advertisement

जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ । गएको शनिवार भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । हिजो बादल लागेकाले ती ठाउँको तापक्रम थोरै घटे पनि आजदेखि फेरि बढ्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए ।

तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ’लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा लु’ चलेको घोषणा गरिन्छ ।

काठमाडौंको तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको छ । आज पनि बिहानैदेखि गर्मी छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट