खानेपानी माग गर्दै गाग्री बोकेर नगरपालिकामा आन्दोलन

  • २०८१ बैशाख १०, सोमबार (७ महिना अघि)
  • ३४४ पटक पढिएको
खानेपानी माग गर्दै गाग्री बोकेर नगरपालिकामा आन्दोलन

काठमाडौं- धादिङको नीलकण्ठ नगरपालिका–४ भैरवी टोलका स्थानीयहरु आन्दोलित बनेका छन् । वर्षाैदेखि खानेपानीको समस्या भोग्दै आएको तर खानेपानीको समस्या समाधान गर्ने आश्वासन मात्रै बाडेको भन्दै गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित खानेपानी पिडितले आन्दोलन गरेका हुन् ।

Advertisement

दुइ तीन वर्षदेखि खानेपानीको चरम अभाव खेपी रहेकोे आन्दोलनमै सहभागी सावित्री कडेलले बताइन् । ‘पहिले ९ घर धुरिले खाएको पानी अहिले ९३ घरधुरी भयो । न धारा थपिएको छ, न अन्य भौतिक संरचना लगायत व्यवस्थापन व्यवस्थित भएको छ । त्यहि धारामा पनि पानी आउदैन’ उनले भनिन्– ‘कुवा धाएर खानेपानी जोहो गर्नु परेको छ । कुवा जानआउन ४० मिनेट लाग्छ । कुवामा उस्तै लाइन हुन्छ । खानेपानी व्यवस्थापन गर्दिन्छौं भनेर आश्वासन मात्रै पायौं । मासिक एक सय रुपियाँ पनि तिर्छाै तर पानी पाइएन । गाग्री लिएर नगरपालिकामा पानी लिन आएका हौंं ।’
‘घर नजिकैको ट्याङ्कीमा ओभारफ्लो भएर पानी खेर गएको छ । हाम्रो धारामा पानी आउदैन । हामीले खान पाएका छैनौं’ तिर्थबहादुर दुवाडीले भने– ‘विरोधका लागि विरोध होइन । पानी खान नपाएर तड्पिएर आन्दोलनमा आएका हौं । खानेपानी पाइने पक्का भएपछि निकासा लिएर मात्रै घर फर्किन्छौं ।’

पानी खान नपाएपनि हरेक महिना पैसा तिर्दै आएको धनमायाँ तामाङ बताउँछिन् । ‘पानी खान पाइएको छैन । के विल तिर्नु भनेर पैसा तिर्न नगएको उल्टै जरिवाना पो लाग्यो’ उनले भनिन्– ‘पानी खान नपाएर प्याक प्याक भइ सक्यो । कुरा गर्याे भोलि नै पानी आउँछ भन्छ । वर्षाै भयो खै सहज रुपमा पानी खान पाइएन । सधैं टाढादेखि पानी बोकेर त कसरी चल्छ र ?’

घर नजिकैको भरिएको ट्याङ्की हेरेर प्याक प्याक पर्नु परेको सविना वस्तिले बताइन् । ‘हामीलाई देखाएर पानी खानुहुन्छ, हामी टुलुटुलु हेरेर प्याक प्याक पर्नु परेको छ । पानी सबैले बाडेर खानुपर्छ । आज दिन्छु भोलि दिन्छु भनेर टार्ने मात्र काम भएको छ । खानेपानी कार्यालय र नगरपालिकाले हाम्रो समस्या नसुनेको कारण गाग्री बोकेर आन्दोलन गर्न बाध्य भएका हौं’ उनले भनिन् ।

खानेपानी माग गर्दै गाग्री, बाल्टिन, जर्किन जस्ता पानी थाप्ने भाडासहित शान्तिपूर्वक र्याली गर्दै नगरपालिका कार्यालय पुगेर खानेपानी पिडितहरुले नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा र खानेपानी तथा सरसफाई उपभोक्ता समिति धादिङका कार्यालय प्रमुख रमेश पौडलेसँग छलफल गरेको छ ।

मंगलबार फिल्ड अनुगमन गरि खानेपानीको समस्या तत्काल समाधान गरिने नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट