काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिका– १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ ।
अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरि सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबी गर्दै मुद्धा दायर गरेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप