काठमाडौं– काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ दैनिक तीन घण्टा खुल्ने भएको छ । मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि बन्द रहेको सडकमा काम पूरा नभएकाले अब दैनिक तीन घण्टामात्र खुलाउन लागिएको हो ।
मकवानपुरको हेटौंडाबाट ठिङ्गन, बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटो जोडिने यो सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म तीन घण्टा खुला रहने कान्ति लोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले बताए ।
उनका अनुसार अब बाँकी काम गर्दै अर्को महिना जेठ १५ गतेसम्म सडक तीन घण्टामात्रै खुल्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप