काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी मुस्ताङमा दुर्घटना हुँदा २१ जना घाइते

  • २०८१ बैशाख १८, मंगलबार (१२ महिना अघि)
  • ३८० पटक पढिएको
काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी मुस्ताङमा दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौं– मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना भएको हो । प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।

Advertisement

अनामनगरमा रहेको लिवरटी कलेजबाट उक्त गाडी ३३ जना विद्यार्थी लिएर गएको प्रहरीले जनाएको छ । बसमा सवार २१ जना सामान्य घाइते भएका छन् । उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट