काठमाडौं– वेस्ट इन्डिजका क्रिकेटर डेभन थोमसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
‘एन्टी करप्शन कोड’ उल्लङ्घनमा दोषी पाएपछि डेभन थोमसलाई आईसीसीले प्रतिबन्ध लगाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ । अब पाँच वर्षसम्मका लागि उनले कुनै पनि प्रकारको क्रिकेटमा सहभागी हुने पाउने छैनन् ।
डेभन थोमसले श्रीलङ्का क्रिकेट, एमिरेट्स क्रिकेट बोर्ड र क्यारेबियन प्रिमियर लिगको ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको सात आरोप स्वीकार गरेका खबरमा उल्लेख छ । गएको वर्ष नै आईसीसीले ‘एन्टी करप्शन कोड’ उल्लङ्घन गरेको भन्दै थोमसलाई निलम्बन गरेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप