काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
बैठकमा इलाम–२ को उपनिर्वाचनको समिक्षा गरिने बताइएको छ । वैशाख १५ गते इलाम–२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो ।
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप