उत्तरी धादिङको शेर्तुङमा स्वास्थ्य शिविर, तीन सय जनाले गराए स्वास्थ्य परिक्षण

  • २०८१ बैशाख २१, शुक्रबार (६ महिना अघि)
  • ३३२ पटक पढिएको
उत्तरी धादिङको शेर्तुङमा स्वास्थ्य शिविर, तीन सय जनाले गराए स्वास्थ्य परिक्षण

काठमाडौं- उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको शेर्तुङमा आयोजित स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

Advertisement

 

स्वास्थ्य परिक्षण गर्न जिल्ला सदरमुकाम धादिङबेसी लगायत ठुला शहर पुग्नुपर्ने बाध्यता रहेका रुवीभ्यालीका बासिन्दालाई धादिङ अस्पतालले रुवीभ्याली गाउँपालिकाको समन्वयमा विशेषज्ञ सहितको टोली रुवीभ्याली गाउँपालिकाको शेर्तुङमा रहेको रुवीभ्याली आधारभुत अस्पताल पुगेर स्वास्थ्य परिक्षण गराएका हुन् ।

 

शुक्रबारदेखि शुरु भएको स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परिक्षण गराएको धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीले बताए । भिडियो एक्सरे १०७ जना, १०० जनाले इसिजी, ५० जनाले दन्त सेवा लगायत सम्पुर्ण विशेषज्ञसहितको सेवा गरि तीन सय जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

 

२१ गतेदेखि शुरु भएको स्वास्थ्य परिक्षण २२ गतेसम्म चल्नेछ । मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत उत्तरी धादिङको शेर्तुङमा स्वास्थ्य शिविर शुरु गरिएको धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले बताए । आम नागरिकमा स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन गाउँगाउँ पुगेर स्वास्थ्य सेवा प्रवाह गरिएको उनले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट